सेयर बजारको परिसूचक ९. ७९ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १५८५ अंकमा कायम भएको छ।
यस दिन सबै समूहहरु बढेका छन् भने कारोबार झण्डै १ अर्ब पुगेको छ। १४९ कम्पनीको ९९ करोड ६३ लाखको सेयर खरिदबिक्री भएको छ।
बिमा समूह ६०, बैंकिङ ७, होटल ३५, विकास बैंक १३, जलविद्युत १५, फाइनान्स ७ र अन्य समूह २ अंकले बढेका छन्। उत्पादन समूह भने १ अंकमुनि हरियो रह्यो।
नविल बैंकको संस्थापकतर्फको उच्च कारोबार हुँदा समग्र कारोबार बढेको हो। २४ करोड ६१ लाख रुपैयाँको सो कम्पनीको सेयर कारोबार भयो। त्यस्तै नेपाल नेसनल लाइफ इन्स्योरेन्स संस्थापकर्ताको ९ करोड ७५ लाखको कारोबार भयो।
नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ९४ लाख तथा नेपाल लाइफको ४ करोड ८९ लाखको सेयर किनबेच भयो। फरवार्ड माइक्रोफाइनान्स र कुबेर मर्चेन्ट एण्ड बैंकिङका लगानीकर्ताले सबैभन्दा धेरै साढे ९ प्रतिशत बढी कमाए। नेसनल लाइफ इन्स्योरेन्स संस्थापक लगानीकर्ताले ९ प्रतिशत मूल्य गुमाए।