अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट्स एलाइन्स (एक्का) को आयोजनामा पहिलो पटक आउँदो असार ३० र ३१ गते काठमाडौंमा अस्ट्रेलियन शैक्षिक मेलामा चिनिएका सिड्नीका केहि कलेजको पनि सहभागिता हुने भएको छ।
मेलाको शैक्षिक पराशर्मदाताहरुसँगै अस्ट्रेलियामा चिनिएका सिड्नी मेट्रो केलेज र प्यासेफीक कलेजको पनि स्टल रहने आयोजकले जनाएको छ।
अस्ट्रेलियामा उच्च अध्यनका लागि आउन चाहने विद्यार्थीलाई ध्यानमा राखेर एक्काले पहिलो पटक होटल अन्नपूर्णमा दुई दिने शैक्षिक मेलाको आयोजना गर्न लागेको हो।
‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला हाम्रो संस्थाले आधिकारीक रुपमा विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्दा हामी पनि त्यसमा सहयोगी र सहभागी भएका हौ’, सिड्नी मेट्रो कलेजका ब्यबस्थापक जीवन थापाले सेतोपाटीलाई बताए।
अस्ट्रेलिया यतिखेर नेपाली विद्यार्थीको आकर्षण बनिरहँदा सिड्नीमा रहेको सिड्नी मेट्रो कलेजले आफ्नो ब्रान्डिङ र प्रमोशनका लागि शैक्षिक मेलामा सहभागि हुन लागेको कलेजकी बजार ब्यवस्थापक सुजाता चालिसेले बताइन्।
अस्ट्रेलियामा नेपाली विद्यार्थीको सम्भावना र यसको यात्रा मात्र होइन, पढाइको स्तर र अन्य विषयमा पनि हामीले उनीहरूलाई बुझाउनु जरूरी छ। सुजाताले सहभागिता बारे स्पष्ट पारिन्। ‘अस्ट्रेलियामा रहेका करिब तीस वटा शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रहरुको छाता संगठनका रूपमा एक्काले पहिलो पटक मेला आयोजना गर्न लाग्दा हामीले सहयोगीको रुपमा उभिएका हौ,’ सिड्नीको प्यासेफीक कलेजका कार्यकारी प्रदिप ढकालले बताए।
अस्ट्रेलियाको शिक्षा र यहाँको सम्भावना बारेमा सिधा सम्पर्क गर्न कलेजले शैक्षिक मेलामा सहभागिता समेत जनाउने ढकालको कथन थियो।
नेपालमा आएको बिनाशकारी भूकम्पको समयमा पनि यो संस्थाले पुननिमार्णमा पचास हजार डलरको सहयोग गरेको कुरा उपाध्यक्ष भुपाल सिटौलाले सुनाए।
यहाँको वातावरण र परिस्थिति अनि शैक्षिक प्रणालीका साथ साथै काम र सम्भावनाका विषयमा पनि प्रष्ट पार्ने हाम्रो उद्वेस्य हो, सिटौलाले थपे।
नेपाली समाजका हरेक गतिविधिमा सहयोगीका रुपमा उभिएको एक्काले प्रत्यक्ष रुपमा पहिलो प्रयास स्वरुप नेपाली विद्यार्थीको हितमा रहेर शैक्षिक मेलाको आयोजना गर्न लागेको अध्यक्ष निरज श्रेष्ठले बताए।