मुस्ताङको टुकुचेमा निर्माणाधिन १३.६ मेगावाट बिद्युत प्रशारण क्षमताको थापाखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले सबै काम सकिएलगत्तै श्रावणको अन्तिम साता देखि प्रशारण सेवा सुरु हुने भएको हो । आयोजनाले श्रावणको १५ गते परिक्षण प्रसारण गर्ने लक्ष्य राखेर धमाधम काम संंञ्चालन गर्दे आएको छ ।
करिव ७ मिटर पेन स्टप पाईप जोड्ने र केही फिनिसिङ काम बाहेक सबै काम सकिएको आयोजनाको भनाई छ । पावर हाउसको जेनेटर र टरमाईन्ड लगायतका बाँकी सबै काम एकहप्ता भित्र सकिने ट्रनेल कन्ट्रक्सन मेनेजर एवंम् भूगर्भविद यूवराज लामिछानेको भनाई छ ।
उनका अनुसार समून्द्री सतह देखि करिव ३ हजार १० मिटर उचाईमा आयोजनाले ड्याम निर्माण गरेको हो । पावर हाउस देखि ड्याम सम्मको दुरी करिव २२ सय ३५ मिटर छ । जसअन्तर्गत सुरुङ मार्गको करिव १८ सय ३३ मिटर र पेन स्टप पाईपको लम्बाई करिव ४ सय १० मिटर लम्बाई छ ।उनले मुस्ताङको कोवाङ र म्याग्दीको दानामा सवस्टेशनको संम्पूर्ण काम सकिएको बताए ।
माउण्ट कैलास ईनर्जी कम्पनी काठमाडाैंले २०७० साल देखि आयोजनाको निर्माण कार्य आएको हो । यसअघि आयोजनाले १ वर्ष आयोजना पूर्वाधार निर्माण तथा सडक बिस्तारको काममा समय खर्चिएको हो ।
थापाखोला बिद्युत आयोजनाको लागत २ करोड ५० लाख रहेको छ ।यस आयोजनाका मूख्य लगानीकर्ता भरत खड्का हुन् । आयोजनाका साईड मेनेजर सुदिप खड्काका अनुसार ईमोल कन्ट्रक्सन कम्पनीले सिभिलको काम,भ्वाईट इन्डिया कम्पनीले पावर हाउस निर्माणको काम र माछापूच्छे मेटल कम्पनीले सम्पूर्ण पाईप सेटिङको जिम्मा पाएका हुन् । उनले सिभिलको कामको लागि ८६ करोड खर्च भएको बताए ।
आयोजनाले गत चैत्र महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको भएपनि राष्ट्रिय तथा प्राकृतिक समस्या र भौगोलिक विकटताका कारण तोकिएको समय भन्दा केही महिना पर धकेलिएको हो ।
थापाखोला जलबिद्युत आयोजना श्रावणको तेश्रो साता देखि संञ्चालन हुने बताईएको छ। आयोजनाका लागि मुस्ताङवासीले पूर्याएको सद्भाव र सहयोग प्रति आयोजनाले आभार व्यक्त समेत गरेको छ ।
मुस्ताङको क्षेत्रफल ठुलो भएपनि यहाँ करिव १२ हजारको हाराहारी मात्र जनसंख्या छ । जनसंख्या न्यून भएतापनि स्थानीयले लामो समय देखि लोडसेडिङ पिडा झेल्दै आएको टुकुचेका समाजसेवी पथबहादुर थकालीको भनाई छ ।
उनले मुस्ताङमा २ मेघावार्ड बिद्युतले मात्र समस्या सुल्झने भएकाले आयोजनाको उत्पादनले मुस्ताङवासी लाभाव्नित हुने अपेक्षा गरिएको छ । मुस्ताङको चोखोपानी भएको साना जलबिद्युत आयोजनाले जम्मा २४० किलोवार्ड बिद्युत मध्ये १५० किलोवार्ड पनि बिद्युत सप्लाई हुँदैन।
तर न्यून उत्पादित बिद्युत समेत नियमित हुने गरेको छैन्। त्यस्तै ,म्याग्दीको नारच्याङमा भएको घराप जलबिद्युत आयोजना सुख्खा पहिरोको कारण बिगत २ वर्षदेखि संञ्चालनमा आएको छैन। स्थानीयवासीका अनुसार बिद्युत सप्लाईको जिम्मा लिएको स्थानीय निलगिरी उपभोक्ता सहकारी संस्थाले केन्द्रिय बिद्युत महङ्गो पर्ने भएकाले जिल्लामा बिद्युत नियमित गर्न नसकेको ठम्याएका छन् ।
जिल्लामा बिद्युत सेवा नियमित नहुँदा अन्यसेवा समेत प्रभावित बन्दै आएको हो । मुस्ताङका स्थानीयवासीले थापाखोला जलबिद्युत आयोजना सुरु भएपछि मुस्ताङलाई लोडसेडिङ मूक्त जिल्ला घोषित गर्नुपर्ने बताएका छन् ।