ब्राजिलका पूर्व स्टार खेलाडी रोनाल्डिन्हो, रोबर्टो कार्लोसलगायत म्यानचेस्टर युनाइटेडका रायन गिग्स पाकिस्तानमा मैत्रीपूर्ण खेल खेल्नका लागि कराची पुगेका छन्।
उनीहरुलाई मैत्रीपूर्ण खेलका लागि महंगो रकम उपलब्ध गराएको छ। यी खेलाडीबाहेक निकोलस एनेल्का, रोबर्ट माइरेस, डेभिड जेम्स, जर्ज बोएटिङ, लुई बोआ मोर्टेलाई बोकेर पाकिस्तानी सेनाको विशेष विमान शनिवार बिहान कराची पुगेका छन्।
मैत्रीपूर्ण खेलको आयोजना लेजर लिग्स एन्ड वल्र्ड ग्रुपले गराएको हो। पाकिस्तानमा फुटबलको स्तर उकास्न मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले बताएको छ। न्युज इन्टरनेशनल पत्रिकाका अनुसार रोनाल्डिन्होलाई यसका लागि लेजर लिगले ६ करोड २० लाख रुपैयाँ उपलब्ध गराएको छ।
विश्व चर्चित स्टार खेलाडीसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर पाए पनि आफूलाई कुनै रकम उपलब्ध नगराइएको भन्दै पाकिस्तानी फुटबल खेलाडीले विरोध जनाएका छन्। खेलको टिकट दुई हजारदेखि ३० हजारसम्म राखिएको छ।