नेपालका लागि इजरायली राजदूत यारोन मायरले धर्मपथस्थित नेपाल बैंकको प्रधान कार्यालय अवलोकन गर्दै मानव संशाधन विकासका लागि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कर्मचारीलाई तालिम प्रशिक्षणमा सघाउन सहयोग गर्ने उनले आश्वासन दिए। नेपालको सबैभन्दा पुरानो बैंकको पुर्नसंरचना हुन नसकेकोमा उनले दुःख व्यक्त गरे।
राजदुत मायोरले सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाको ऐतिहासिक भ्रमण पश्चात सुरु भएको नेपाल इजरायल सम्वन्ध ७७ वर्ष लामो कालखण्ड पार गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरे।
नेपालमा कृषि, सूचना प्रविधि, मेडिकल लगायतका क्षेत्रमा पर्याप्त संभावना रहेकोले त्यस क्षेत्रमा लगानीको निम्ति आफूले इजरायली लगानीकर्ताहरुलाई सुझाउने उनले बताए।
यसअघि नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले इजरायलले हासिल गरेको चौतर्फि सफलता सबैको निम्ति प्रेरणाप्रदायक रहेको बताए।