दक्षिण भारतका सुपरस्टार रजनीकान्तले तमिल फिल्म उद्योगमा लागेको दाहोरो कर व्यवस्था हटाउन प्रदेश सरकारसमक्ष माग गरेका छन्।
उनले तमिल फिल्म उद्योगमा लागेको दाहोरो कर व्यवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस व्यस्थालाई सकेको छिटो हटाउन सामाजिक सञ्जाल ट्वीटरमामार्फत ट्वीट गर्दै माग गरेका हुन्।
उनले लेखेका छन्,‘तमिल फिल्म उद्योगमा सम्बन्धित लाखौं मानिसको जीवीकोपार्जनलाई ध्यानमा राख्दै म तमिलनाडु सरकारसँग दोहारो कर व्यवस्था हटाउने विषयमा गम्भिरतापुर्वक विचार गर्न आग्रह गर्दछु।’
भारतमा वस्तु एवं सेवा कर लागु भएपछि तमिलनाडु सरकारले फिल्म उद्योगमा अतिरित्त ३० प्रतिशत स्थानीय निकाय कर लगाएको छ। यसको विरोधमा तमिलनाडुको सबै १०६० सिनेमाघरमा तालाबन्दी गरिएको छ।