महालक्ष्मी र यती विकास बैंक गाभिएपछि महालक्ष्मी विकास बैंकको नाममा एकीकृत कारोबार सुरु भएको छ।
एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच समुद्घाटन गरे। अब बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड पुगेको छ भने शाखा संख्या ६५ पुगेको छ।
निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड, संचालन मुनाफा ६८ करोड, एटिएम संख्या ३६ पुगेको छ। राष्ट्रिय स्तरको विकास बैंकका लागि नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पु¥याउनेमा महालक्ष्मी पहिलो विकास बैंक भएको छ।
बैंकको अध्यक्षमा राजेश उपाध्याय मनोनित तथा प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका छन्।