सिद्धार्थ बैंकले सेयर लगानीकर्तालाई पुनः १० प्रतिशत हकप्रद दिने भएको छ। सो हकप्रदपछि चालु आवको नाफाबाट बोनस दिएर उसले तोकिएको चुक्ता पुँजी पुर्याउने छ।
बैंकको विशेषसाधारणसभाले बैंकका शेयरधनीहरुलाई ३० प्रतिशत हकप्रद शेयरपछि कायम हुने चुक्ता पुँजीको पुनः १० प्रतिशत हकप्रद सेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेकोे छ। ततपश्चात् बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड पुग्नेछ। अपुग रकम चालु आवको नाफाबाट बोनस दिएर सहजै पुग्नेछ।
बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटिएम र ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ। चालु आर्थिक वर्ष २०७३÷०७४ को चैत्र मसान्तसम्म बैंकले ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो।