नेपाल राष्ट्र बैंकले ७ सय ४४ वटै स्थानीय तहमा सेवा विस्तार गर्न बंैक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा सेवा विस्तार नगर्ने बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा कार्वाही हुने चेतावनी समेत दिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै स्थानीय तहमा आर्थिक क्रियाकलाप गर्नु अब बैंक तथा वित्तीय संस्थाहरुको मुख्य दायित्व रहेकोतर्फ पनि सचेत गराए।
गभर्नर नेपालले विकास बैंक संचालकहरुलाई नाफा कमाउने लोभमा फसेर व्यवस्थापनमाथि दवाव दिने काम नगर्न पनि सचेत गराए। हाल नेपालमा २ सय ४० वटा राष्ट्रिय स्तरको बैंक तथा वित्तीय संस्था रहेका छन्।
७ सय ४४ वटै स्थानीय तहमा बैंक स्थापना गर्नुपर्ने सरकारको नीतिगत व्यवस्था छ । गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरुको माग बढेकाले सोही अनुसारको योजना बनाएर अघि बढनुपर्ने आवश्यकता औंल्याए।