अस्ट्रेलियाको सिड्नीमा अध्यनरत एक नेपाली युवाले आफ्नो कार्यालयको महिला शौचालयमा क्यामरा राखेको आरोप खेपेपछि जेल जानु परेको छ। विवेक नाम गरेका नेपाली युवा सिड्नीको सरहिल्सको एउटा सपिङ सेन्टरमा काम गर्थे। उनी काम गरेको सपिङ सेन्टरको महिला शौचालयमा सानो क्यामरा राखेर उनले त्यसको दृष्याकंन गरेको आरोप लागेपछि अहिले विभिन्न आरोपमा प्रहरीको हिरासतमा पुगेका छन्।
सिड्नी मनिंङ हेराल्डले जनाएअनुसार विवेकले सो क्यामरा राखेको र एक अठार वर्षिय युवतीले ट्वाइलेटमा सो क्यामरा देखेपछि ब्यवस्थापनलाई जानकारी गराएकी थिइन्। तर, सो क्यामरावाट विवेकले फेब्रुअरी १६ देखि जुन २४ सम्म राति र बिहान गरी भिडियो हेरेको आरोप लागेको छ।
उनलाई अस्ट्रेलियाको गापीनियताको हक र अन्य बिभिन्न १२ कानुनी दलिलमा अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। यदी उनी यस विषयमा दोषि ठहरिए जेल सजायसम्म हुनसक्ने समाचारमा जनाइएको छ।
२३ वर्षिय नेपाली युवा उच्च अध्यनका लागि अस्ट्रेलिया आएका थिए। उनी यहाँ नाम चलेको सो ब्यापारिक प्रतिष्ठान उलवर्थमा काम गर्दै आएका थिए। अस्ट्रेलियामा नागरिकको मौलिक हक अन्तर्गत गोपनियताको विषयमा निकै कठोर कानुन रहेका छ। उनको कार्यालयले पनि यस्ता विषयहरू निकै सवेदनशील भएकाले प्रहरीको छानबिनमा आफ्नो पूर्ण सहयोग रहँदै आएको बताएको छ।