अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज फेरि बढेको छ। बुधबार तोलामा ३ सय रुपैयाँले सुन र १० रुपैयाँले चाँदी महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार यस दिन ‘फाइन’ सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी ७ सय ५० मा कायम भएको छ।
‘स्टान्डर्ड’ सुनको मूल्य भने तोलामा ५४ हजार १ सय रुपैयाँमा कायम भएको छ।