स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुन तोलाको दुई लाख ३५ हजार चार सय रूपैयाँ कारोबार भइरहेको छ। सोमबार दुई लाख ३३ हजार एक सय रूपैयाँ कारोबार भइरहेको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला २९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३९ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।