युक्रेनका उच्च पदस्थ गुप्चतर अधिकारीलाई मंगलबार एक कार विस्फोट गरी हत्या गरिएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको विस्फोटमा परी घटनास्थलमै मृत्यु भएको छ।' आवासीय क्षेत्रको सडकमा रहेको उनको कारलाई स्थानीय समयअनुसार करिब ८ बजे विस्फोट गराउँदा दुई जना बटुवासमेत गम्भीर घाइते भएका छन्।
युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ। युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै सापोभल पूर्वी युक्रेनमा भएको द्वन्द्वमा त्यहाँ खटिएका थिए।
यसै वर्षको मार्चमा पनि अर्का युक्रेनी गुप्चतर अधिकारी अलेक्जेन्डर खाराबेरुसलाई यस्तै विस्फोट गराई हत्या गरिएको थियो । रासस/सिन्ह्वा