अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूत लक्की शेर्पाले राजधानी क्यानबेरामा अष्ट्रेलियाका गभर्नर जनरल सर पिटर कोस्ग्रोव समक्ष मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्। यँहा आयोजीत औपचारिक समारोहका बीच राजदूत शेर्पाले गभर्नर जनरल कोस्ग्रोव समक्ष ओहोदाको प्रामाणपत्र पेश गरी पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन्। राजदूत शेर्पा कार्यक्रममा नेपाली शेर्पा पोसाकमै उपस्थित भएकी थिइन्।
मंगलबार भएको द्विपक्षीय भेटमा गभर्नर जनरल कोस्ग्रोवद्वारा राजदूत शेर्पाको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। राजदूत शेर्पाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गभर्नर जनरललाई पठाइएको शुभकामना सन्देश पढेर सुनाएकी थिईन्।
अष्ट्रेलियाको कुट्नैतिक प्रावधान अनुरुप यहाँको कार्यकारी प्रमुखका हैसियतले गभर्नर जनरल समक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नुपर्ने प्रचलन छ।
यससँगै शेर्पाले मंगलबारदेखि अस्ट्रेलियाका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाल्ने छिन्।
लामो समयदेखि राजदूत बिहिन दूतावासले नयाँ नेतृत्व पाएको छ। शेर्पा राजनीतिक भागबन्डामा नेकपा माओवादीको कोटामा अस्ट्रेलियाको राजदूत नियुक्त भएकी हुन्।