सुनको मूल्य तोलामा ४ सय रुपैयाँले सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ५४ हजार १ सय रुपैयाँ कायम भएको छ।
यो मूल्य ९९ दशमलव ९ प्रतिशत शुद्ध (फाइन) सुनको हो। ९९ दशमलव ५ प्रतिशत शुद्ध (स्टान्डर्ड) सुनको मूल्य योभन्दा ३ सय रुपैयाँ सस्तो पर्ने गर्दछ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तो भएको छ। अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज ७ सय ४० कायम भएको छ।