एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरीस्थित दुहवीमा संचालनमा आएको छ। दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीले शाखाको संयुक्त रुपमा उद्घाटन गरे।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।