ब्राजिली फुटबलका सुपरस्टार नेइमारको फेरि ब्राजिली अभिनेत्री ब्रुनो माक्युजिनसँग सम्बन्ध बिग्रिएको छ। विहिबार राती साओ पाउलोमा च्यारेटी अक्सनमा समावेश भएका नेइमार एक्लै देखा परेका थिए। र, उनी नयाँ रुपमा देखा परेका थिए। उनको हेयर स्टायल नयाँ थियो।
असहाय बालबालिकाको हितका लागि रकम जम्मा गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा नेइमार एक्लै सहभागी भएका थिए र उनी लामो कपालमा देखिएका थिए। उनको नयाँ लुक्स कार्यक्रममा समावेश थुप्रैलाई अनौठो लागेको थियो। उनी लामो समयदेखि छोटो र ब्लन्ड कपालमा देखिन्थे।
कार्यक्रममा उनका समकक्षी डानी आल्भेस पनि समावेश थिए। आल्भेस युभेन्ट्सबाट म्यानचेस्टर सिटी जाने हल्ला छ। उनका लागि चेल्सीले पनि आँखा लगाएको छ।
कार्यक्रममा उपस्थित भएका नेइमारले स्थानीय पत्रकारलाई आफू लामो समयदेखिको प्रेमिका ब्रुनोसँग अलग भएको बताएका थिए। ‘म नीजि कुरा बताउन असमर्थ छु। तर हो, ब्रुनो र म अलग भइसकेका छन्। यो निर्णय आपसी सहमतिमा भएको हो’, नेइमारले भने।
उनले यो निर्णयले उनी खुसी भएको आशा व्यक्त गरे।