ग्लोबल आइएमई बैंकको विशेष साधारण सभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ।
आज बसेको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो। बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्ता पुँजी १ अर्ब १ करोड ४ लाख रहेको छ।
सभाले रिलायबल डेभलपमेन्ट बैंको १०० कित्ता सेयरलाई ग्लोबल आइएमई बैंकको ८२ दशमलव ९० कित्ता दिने गरी स्वाप अनुपात कायम गरेको छ।
सो प्राप्ती पश्चात ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, एक्सटेन्सन काउण्टर ५, शाखारहित बैंकिङ्ग सेवा ४६ पुग्नेछ। ग्राहक संख्या ७ लाख भन्दा बढी पुग्नेछ । असार मसान्त सम्ममा एकीकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ।