चेल्सीका पूर्व मिडफिल्डर ओस्कारलाई चिनियाँ सुपर लिगअन्तर्गत यसै साता भएको एक खेलमा विपक्षी क्लबका दुई खेलाडीलाई बलले अनावश्यक सेकाएको र झगडाको वातावरण तयार पारेको आरोपमा ८ खेल खेल्न प्रतिबन्ध लगाइको छ।
ब्राजिलका २५ वर्षीय मिडफिल्डर ओस्कारलाई ग्वान्झाउ आर एन्ड एफ क्लबविरुद्ध आइतबार भएको खेलको दोषी ठहर गरिएको छ। ओस्कार हाल चिनियाँ क्लब संघई सिपिजमा आवद्ध छन्। उनले अनावश्यक रुपमा ग्वान्झाउ क्लबका दुई खेलाडीलाई बलले सेकाएपछि मैदानमा विवाद बढेको थियो। यो घटनामा दुवै तर्फका खेलाडी झगडामा उत्रिँएका थिए।
यही जनवरी ६ करोड पाउण्डमा संघई क्लबमा आवद्ध भएका ओस्कारलाई ४ हजार ६ सय २० पाउण्डको आर्थिक दण्डको सजाय पनि सुनाइएको छ। यो खेल १–१ गोलको बराबरीमा रोकिएको थियो। संघई हाल चिनियाँ लिगमा दोस्रो स्थानमा छ।
https://www.youtube.com/watch?v=LpFN5iwxFhk