रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले काइलियान माबापेलाई अनुबन्ध गर्न आफूले क्लबका ३ वटै हस्ती स्ट्राइकर ‘बिबिसी’ लाई बेच्न सक्ने आश्वासन दिएका छन्।
उनले माबापेलाई फकाउन क्लबका तीन स्ट्राइकर (गारेथ) बेल, (करिम) बेन्जेमा र (क्रिस्टियानो) रोनाल्डोलाई आफूले बेच्ने आश्वासन दिएका हुन्। रियल म्याड्रिडले यो सिजनको पहिलो अनुबन्धको रुपमा मोनाकोका १८ वर्षीय स्ट्राइकर माबापेलाई भित्र्याउन सबैभन्दा ठूलो प्रयास गरिरहेको छ।
ला इक्युप पत्रिकाले सार्वजनिक गरेको रिपोर्टमा जिदानले आफ्नो देशका स्ट्राइकरलाई फकाउन क्लबका तीन जनै स्ट्राइकरलाई बेच्न सक्ने आश्वासन दिएका छन्। यी दुई बीचको गोप्यवार्तालाई पत्रिकाले सार्वजनिक गरेको हो।
रोनाल्डो गत सिजनदेखि बेर्नाबेउमा त्यति खुसी हुन सकिरहेका छैनन्। त्यसमा भर्खरै आएको कर छलीको आरोपले उनलाई थप मर्माहत बनाएको छ। बेन्जेमाको प्रदर्शन गत सिजन सन्तोषजनक भएन्। बेल चोटका कारण प्रायः मैदान बाहिर देखिए।
माबापेका लागि आर्सनलले पनि चासो देखाइरहेको छ।