दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन साता दिनभन्दा कम समय बाँकी रहँदा सरकारले निर्वाचन आयोगका सचिवको सरूवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद वैठकले आयोग सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरेको हो।
सचिव मैनालीले आफूले सरूवा-पत्र पाइसकेको र शुक्रबारदेखि नै प्रधानमन्त्री कार्यालयमा हाजिर हुने सेतोपाटीलाई बताए।