एनआइसी एसिया बैंकले आफ्ना सेवाग्राहीहरुलाई एसएमएसबाटै कर्जा सेवाको जानकारी उपलव्ध गराउन थालेको छ।
बैंकले रिटेल लोनको लागि आवेदन दिने ग्राहकलाई कर्जा स्वीकृतिका हरेक चरणमा भएको प्रगति विवरण जानकारी गराउन ट्र्याकिङ सिस्टम (सिआरएलटिएस) को सुरुआत गरेको हो।
सिआरएलटिएसले एसएमएसमार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको अवस्थाबारे जानकारी दिन्छ।
जसमा बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरु पर्दछन्। ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्ने बैंकले जनाएको छ। यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपलव्ध रहेको छ।