नेपाल स्टक एक्स्चेन्जमा विभिन्न ६ कम्पनीका थप सेयर सूचीकृत भएका छन्। हकप्रद र बोनस गरी ५ कम्पनीका सेयर थपिएका हुन्।
नेपाल लाइफ इन्स्योरेन्सको ६१ लाख ९२ हजार ८ सय ५७ कित्ता बोनस सूचीकृत भएको छ। सानिमा बैंकको १ करोड ५७ लाख ६ हजार ५ सय ७० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने कुमारी बैंकको १ करोड ३४ लाख ९५ हजार ८ सय ३२ कित्ता हकप्रद सूचीकृत भएको छ।
पु्रडेन्सियल इन्स्योरेन्सको ७ लाख १२ हजार ८ सय बोनस सेयर थपिएको छ। सेन्चुरी कमर्सियल बैंकको ६५ लाख ५६ हजार ६ सय ४० कित्ता सेयर सूचीकृत भएको छ। इनोभेटिभ र अरनिको विकास बैंकलाई एक्वीजिसन भएपछि सो कम्पनीको नाममा थप सेयर सूचीकृत भएको हो।