अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोक बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा अपराध महाशाखाले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो।
एन्फाका पूर्वमहासचिव शाहीले २० जनाभन्दा बढी व्यक्तिलाई क्यानडा पठाइदिने भन्दै ठगी गरेको एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन्।