भिसा कार्डले आफ्नो ‘एक्सिलेन्स इन ड्राइभिङ्ग इनोभेसन’ पुरस्कारबाट सिद्धार्थ बैंकलाई सम्मानित गरेको छ । सिद्धार्थ बैंकले ग्राहकहरुका आवश्यकताहरुलाई पुरा गर्दै सन्तुष्टि दिए फलस्वरुप यो पुरस्कार प्राप्त गरेको बैंकले जानकारी दिएको छ।
सिद्धार्थ बैंकको सिद्धार्थ भिसा क्रेडिट कार्ड र युएनओ इन्टरनेट भेन्चर डिस्काउन्ट कार्डका विभिन्न विशेषताहरुलाई समावेश गरेर हाल सञ्चालनमा ल्याएको सिद्धार्थ बैंकले जानकारी दिएको छ। यस कार्ड मार्फत् देशभरका ३५० भन्दा बढी साझेदार केन्द्रहरुमा वस्तु तथा सेवा खरिद गर्दा १० देखि ४० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बैंकले बताएको छ।
क्रेडिट कार्डसँगै बैंकले आफ्ना ग्राहकहरुलाई मेडिकल प्रिपेड कार्ड, इन्टरनेशनल ट्राभल कार्ड, स्टुडेन्ट प्रिपेड कार्ड लगायत विभिन्न डेबिट तथा प्रिपेड कार्ड सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले हालसम्म १ लाख ६० हजार बढी भिसा कार्ड जारी गरिसकेको छ ।
७० शाखा, २ एक्स्टेन्सन काउन्टर, ९० एटीएम, १ मोबाइल एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्र र ४०० भन्दा बढी पिओएस मेसिनद्वारा बैंकले सेवा प्रदान गर्दै आएको छ ।