डेनमार्कका लागि नवनियुक्त नेपाली राजदूत युवनाथ लम्साल आफ्नो कार्यभार सम्हाल्न कोपन्हेगन आइपुगेका छन्। आगामी ४ वर्षे कार्यकालको लागि डेनमार्क आएका राजदूत लम्साल तथा दूतावासका उपनियोग प्रमुख डोरनाथ अर्याललाई हालै कोपन्हेगनमा एक औपचारिक कार्यक्रमका साथ स्वागत गरिएको छ।
गैर आवासीय नेपाली संघ डेनमार्क र यहाँस्थित नेपाली संघसंस्थाहरुद्वारा संयुक्त रूपमा उनलाई स्वागत गरिएको हो। कार्यक्रमममा संघ-संस्थाका प्रतिनिधिहरुले राजदूत र उपनियोग प्रमुखको कार्यकाल सफलताको कामना गरे। राजदूत लम्सालले नेपाली समुदाय र संघ-संस्थाको सद्भाव र साझेदारीमा उल्लेख्य काम गर्न सकिने अपेक्षा व्यक्त गरे।