ग्लोबल आइएमई बैंकले फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरिएको बैंकले जानकारी दिएको छ।
यो सँगै ग्लोबल आइएमई बैंकका शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने शाखा बैंकले जानकारी दिएको छ।
१४ वटै अञ्चलबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकको ९६ शाखा, ५ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ११० वटा एटिएम, ४६ वटा शाखा रहित बैंकिङ्ग सेवा तथा ६ लाख भन्दा बढि ग्राहक रहेका छन् ।