स्थानीय तहको दोस्रो चरण निर्वाचनका लागि रुपन्देहीका १६ वटा स्थानीय तहमा सात सय ३९ जनाको उम्मेदवारी उम्मेदवारी परेको छ।
रुपन्देहीमा बुटवल उपमहानगरपालिकासंगै ५ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्।
जिल्ला सुरक्षा समितिले अति संवेदनशील क्षेत्रको सूचीमा राखिएका रुपन्देहीका दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहमा कडा सुरक्षाका बीच उम्मेदवारी दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
विहान ८ बजेदेखि आआफ्ना गाउँपालिका तथा नगरपालिकामा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका हुन्।
सबै दलहरुको चासोको रुपमा रहेको बुटवल उपमहानगरपालिकामा प्रमुखमा १६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।
प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष सदस्य गरी सात सय ३९ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।
एमालेको तर्फबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य गोमाले उम्मेदवारी दर्ता गराएका छन्। एमाले उपमहासचिव विष्णु पौडेल संगै हज्जारौ कार्यकर्ताहरुको ¥याली सहित बुटवल उपमहानगरपालिका पुगेका उम्मेदवारद्धयले दिउसो साढे ११ बजे मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेले मेयरमा र माओवादी केन्द्रका जगत बहादुर पोखरेलले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस र माओवादीका हज्जारौं कार्यकर्ता सहित पुग्नुभएका पाण्डे र पोखरेलले मनोनयन दर्ता गराएका हुन्।
यता बुटवल उपमहानगरपालिकामा साना पार्टिहरुको गठबन्धनबाट नयाँशक्तिका होमबहादुर गलामीले मेयरमा र उपमेयरमा पार्टिका मन्जु खड्काले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै नेपाल मजदुर किसानपार्टिका हरीसुन्दर वासीले पनि बुटवलमा मेयरमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।
सबैभन्दा पहिले उम्मेदवारी दर्ता गराउने जनमुक्ति पार्टिले बुटवलमा मेयरमा जनक थापा र उपमेयरमा धनी आले मगरको मनोनयन दर्ता गराएको छ।
त्यस्तै बुटवलका लेखक तथा स्तम्भकार गणेश उँचैले पनि बुटवलको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ। मधेशी लोकतान्त्रीक बाट लोकनाथ पाण्डे, स्वतन्त्रबाट रामप्रसाद पोख्रेल, शान्तविर बज्राचार्य, ऋृषिराम काफ्लेले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
यता बुटवलपछि धेरै मतदाता रहेको तिलोत्तमा नगरपालिकामा पनि उम्मेदवारी दर्ता भएको छ। एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नयाँशक्ति, जनमोर्चा तथा स्वतन्त्रका केहि उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरी देवी चौधरीले मनोनयन पत्र दर्ता गराएकी छन्। त्यस्तै नेपाली कांग्रेस र राष्टिय जनमुक्तिको संयुक्त प्यानलबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खांण र उपमेयरमा जनमुक्तिको गिता सारु मगरले उम्मेदवारी दिएका छन्।
माओवादी केन्द्रबाट महादेव खनाल, नयाशक्ति र समाजबादीबाट ज्ञानप्रसाद भुर्तेल, जनमोर्चाबाट रुकबहादुर पराजुली, राप्रपाबाट लक्ष्मी पाठकले मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै नेमकिपाबाट तुल्सा विक र स्वतन्त्र रुपमा दिनेश अर्यालले पनि उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेसका गणेश पाठकले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसमा पारिवारिकरण भएको भन्दै त्यसलाई चिर्न आफूले बागी उम्मेवादारी दिएको उनले बताए ।
रुपन्देही सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकामा २ स्वतन्त्रसहित १० ले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्। यस्तै उपमेयरमा ३ स्वतन्त्र सहित ११ ले उम्मेदवारी दर्ता गराएका छन्।
मेयर पदमा नेपाली काग्रेसबाट मातृकाप्रसाद यादव, एमालेबाट हरिप्रसाद अधिकारी, मओबादी केन्द्रबाट फैज अहमद खांन, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सागरप्रताप राणा, संघीय समाजबादी फोरम नेपालबाट अर्जुनप्रसाद जयसवाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट पुनमकुमारी अग्रवाल, राष्ट्रिय जनमोर्चाबाट तारानाथ आचार्य र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णबहादुर गुरुङ्गले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै स्वतन्त्रबाट सुमन न्यौपाने र विना न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरमा कांग्रेसबाट माधवी शर्मा वाग्ले, एमालेबाट उमा काफ्ले, माओवादी केन्द्रबाट कमला थापा, राप्रपाबाट रमिला थापा मगर केसी, नयँं शक्तिबाट मिना बिश्वकर्मा, फोरम लोकतान्त्रिक बाट श्रीराम गुप्ता, जनमोर्चाबाट लक्ष्मी ढुंगाना, जनमुक्तिबाट सीमा थापाले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्रबाट उपमेयरमा भवानी रिजाल, रामअवध गुप्ता र अनन्तराज खनालको उम्मेदवारी दर्ता गराउनु भएको छ। यहाँ नयाँशक्ति र संघीय समाजवादी फोरमले तालमेल गरेका छन् भने अन्य पार्टी एकल प्रतिस्पर्धामा छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिकामा उम्मेदवारहरुको मनोनयन दर्ता गरिएको छ। लुम्बिनी बौद्धविश्व विद्यालयको चौतर्फी सेनाप्रहरीको कडा सुरक्षा घेराभित्र निर्वाचन कार्यालय स्थापना गरि विहान ८ बजे देखि मनोनयन दर्ता शुरु गरिएको थियो।
जस अनुसार सबैभन्दा पहिले नेमकिपाका शुशीला पौडेलले मेयरपदमा उम्मेदवारी दर्ता गराएकी छन् भने नेपाली कांग्रेसका मोहम्मद सईद खां, माओवादी केन्द्रका हरिबहादुर यादव, स्वतन्त्रबाट मोहम्मद उमर खांले उम्मेदवारी दर्ता गराएका थिए।
त्यस्तै एमालेको तर्फबाट ईन्साफ मुसलमानले मेयरमा र उपमेयरमा गोमा गुरुङको उम्मेदवारी दर्ता गराएका छन्। लुम्बिनीबाट राजपाको मनमोहन चौधरीले प्रमुखमा र उपप्रमुखमा हमरत दलाल फकिरले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी रुपन्देहीको पूर्वीक्षेत्र देवदह नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरमा टिकाराम चापागाई र उपमेयरमा बिद्यालक्ष्मी गुरुङको मनोनयन दर्ता गरिएको छ।
माओवादी केन्द्रसंगै तालमेल गरेको नेपाली कांग्रेसले देवदह नगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट हिराबहादुर खत्री र उपमेयरमा माओवादी केन्द्रको तर्फबाट टीका न्यौपाने गौतमको उम्मेदवारी दर्ता गराएको छ।
त्यस्तै सैनामैना नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा चित्र बहादुर केशी र उपमेयरमा बिना रानामगरले उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै नेपाली कांग्रेसबाट मेयर पदमा पार्टीको तर्फबाट फणेन्द्र शर्मा वाग्ले र उपमेयरमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराएका हुन्।
सैनामैना नगरपालिकामा नेपाली कांगे्रस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मेयर, उपमेयरदेखि सबै वडामा उम्मेदवारी दर्ता गराएका छन्। अन्य राजनीतक दलहरुले सबै वडामा उम्मेदवारी दिन सकेका छैनन् । राष्ट्रिय जनमोर्चाले मेयर र उपमेयरसहित ८ वटा वडामा उम्मेदवार दर्ता गरेको छ।
त्यस्तै राप्रपाले पनि मेयर, उपमेयरसहित ९ वटा वडामा उम्मेदवारी दिएको छ। निर्वाचन कार्यालय सैनामैनाले दिएको जानकारी अनुसार नेपाली कांगे्रसको तर्फबाट मेयरमा फणेन्द्र शर्मा र उपमेयरमा लक्ष्मी चौधरीले नाम दर्ता गराएका छन्।
नेकपा एमालेको तर्फबाट चित्रबहादुर के.सी र विना रानामगर, नेकपा माओवादी केन्द्रबाट मेयरमा नारायण न्यौपाने र उपमेयरमा दिपीका शर्मा न्यौपानेको नाम दर्ता भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चाले मेयरमा गणेश गौतम र उपमेयमा लक्ष्मी कुवंरले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा इश्वरी घिमिरेर उपमेयरमा बसन्ती भट्टराईको उम्मेदवार परेको छ। राष्ट्रिय जनमुक्ति पार्टीले मेयरमा यमबहादुर दर्लामी र उप मेयरमा भिममायां थापाको नाम दर्ता गरेको छ।
नयांशक्ति नेपालले मेयरमा रामबहादुर कुंवरको नाम दर्ता गराएको छ भने मधेशी जनअधिकार फोरमले चन्द्रबहादुर श्रीष मगरको नाम दर्ता गराएको निर्वाचन कार्यालयका अधिकृत नुमराज खनालले जानकारी गराए। स्वतन्त्रबाट मेयर पदमा केशु राजकोटी मगर, कृष्णराम रेग्मी, तिर्थबहादुर थापा र ज्ञानराज पन्थीले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै उपमेयरमा सञ्चारकर्मी उषादेवी पन्थ र एकदेव दगासेले उम्मेदवारी दिएकी छन्।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने त्यस्तैगरी सियारी गाउंपालिकामा एमालेको तर्फबाट अध्यक्षमा अयोध्या थारु र उपाध्यक्षमा अमृता गुरुङको उम्मेदवारी दर्ता भएको छ भने नेपाली कांग्रेसबाट प्रमुखमा थानेश्वर घिमिरे र उपप्रमुखमा रीता चौधरीको मनोनयन दर्ता गरिएको छ।
सुद्धोधन गाउंपालिकामा एमालेको तर्फबाट अध्यक्षमा किसुन चन्द्र चौधरी र कांग्रेसबाट प्रमुखमा भगवती प्रसाद चौधरी र उपप्रमुखमा रामेश्वरी सिंहको मनोनयन दर्ता गरिएको छ।
उता ओमसतीया गाउंपालिकामा एमालेबाट प्रमुखमा ईन्द्रजित यादव र उपप्रमुखमा राजकुमारी चौधरीले उम्मेदवारी दिएकी छन्। त्यस्तै नेपाली कांग्रेसबाट प्रमुखमा महेन्द्रप्रसाद चौधरी र उपप्रमुखमा मीना भण्डारीले उम्मेदवारी दिएकी छन्।
कञ्चन गाउंपालिकामा एमालेबाट प्रमुखमा गोकर्ण क्षेत्री र उपाध्यक्षमा गोमा तरामु तथा नेपाली कांग्रेसबाट प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारु, कोटईमाई गाउंपालिकामा एमालेबाट विद्यान्चल यादव प्रमुख र उपप्रमुखमा गंगादेवी ठटेर तथा नेपाली कांग्रेसबाट प्रमुखमा विदेन्द्र जैसवाल र उपप्रमुखमा सम्पत्ती यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै गैंडहवा गाउंपालिकामा एमालेबाट प्रमुखमा सुरेन्द्रकुमार पौडेल र उपप्रमुखमा कलावती जैसवालले उम्मेदवारी दिनुभएको छ । नेपाली कांग्रेसबाट प्रमुखमा वसीउल्लाह मुसलमान र उपप्रमुखमा मञ्जु न्यौपानेको उम्मेदवारी दर्ता भएको छ ।
मर्चवारी गाउंपालिकामा एमालेबाट प्रमुखमा कमलेश यादव र उपप्रमुखमा वृन्दा गौड तथा नेपाली कांग्रेसबाट प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै मायांदेवी गाउंपालिकामा एमालेबाट प्रमुखमा रामचन्द्र यादव र उपप्रमुखमा द्रौपदी चौधरी तथा कांग्रेसबाट प्रमुखमा ध्रुवनारायण चौधरी र उपप्रमुखमा कान्ति यादवको मनोनयन दर्ता गरिएको छ।
त्यस्तै रोहिणी गाउंपालिकामा एमालेबाट प्रमुखमा नरसिंह चौधरी तथा उपप्रमुखमा अनिता हरिजनको उम्मेदवारी परेको छ भने कांग्रेसबाट प्रमुखमा अकवाल खां र उपप्रमुखमा चन्द्रवती देवी योगीले उम्मेदवारी दिएका छन्।
रुपन्देहीको अर्को समरीमाई गाउंपालिकामा एमालेबाट प्रमुखमा सुभान मुसलमान र उपप्रमुखमा रेश्मी धोवी तथा कांग्रेसबाट प्रमुखमा बिनोद श्रीवास्तव र उपप्रमुखमा प्रियंका सिंहले उम्मेदवारी दर्ता गराएका छन्।