धेरै रेमिट्यान्स भित्र्याउने दक्षिण एसियाली मुलुकहरुको सन् २०१६ को सुचीमा नेपाल पाँचौ स्थानमा परेको छ।
कृषि क्षेत्र विकास सम्बन्धी अन्तर्राष्ट्रिय कोष (आइएफडी) ले हालै सार्वजनिक गरेको ‘सेन्डिङ मनी होम’ विषयक प्रतिवेदनले सो विवरण प्रकाशित गरेको हो।
प्रतिवेदन अनुसार नेपालले सन् २०१६ मा ६ अर्ब २ करोड ७६ लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्र्याएको छ।
त्यस्तै धेरै रेमिट्यान्स भित्र्याउने देशहरुको सुचीमा भारत ६२ अर्ब ७ करोड ४७ लाख अमेरिकी डलरसहित पहिलो स्थानमा छ भने पाकिस्तान र बंगलादेश क्रमश द्रोश्रो तथा तेश्रो स्थानमा रहेका छन् जस अनुसार पाकिस्तानले १९अर्ब ८ करोड ४७ लाख अमेरिकी डलर, बंगलादेशले १३ अर्ब ६ करोड ८० लाख अमेरिकी डलर भित्र्याएका छन्।
त्यस्तै, ३ सय १२ मिलियन अमेरिकी डलर भित्र्याउँदै अफगानिस्तान छैठौँ तथा २१ मिलियन अमेरिकी डलर भित्र्याएको भुटान सुचीको सातौँ स्थानमा रहेका छन्।
४० लाख अमेरिकी डलर भित्र्याएर यस क्षेत्रमा माल्दिभ्स सबैभन्दा कम रेमिट्यान्स भित्र्याउने राष्ट्रमा परेको छ।
भारत रेमिट्यान्स भित्र्याउने देशहरुको सुचिमा विश्वकै पहिलो स्थानमा रहेको छ।
प्रतिवेदन अनुसार रेमिट्यान्समा धेरै निर्भर हुने देशहरुको सुचीमा भने नेपाल पहिलो स्थानमा रहको छ जसअनुसार नेपालको जिडीपीको अनुपातमा ३२.२ प्रतिशत रहेको छ।
प्रतिवेदनले विश्वका हरेक सातमा एक जना मानिसले रेमिट्यान्स कि त पाउने वा पठाउने गरेको जनाएको छ।