म विगत १२ वर्षदेखि टेक क्षेत्रमा आवद्ध छु। ५ वर्षदेखि मैलै आफ्नै पसल खोलेर ल्यापटप, डेस्कटप तथा अन्य एसोसरिजको व्यवसाय गर्दै आएको छु जसमा मैले एक खालको विकृति देख्ने गरेको छु। अधिकांश मानिस विज्ञापनमा जे देखियो त्यही कम्पनीका ल्यापटप खोज्दै आउँछन।
जुन कम्पनीको विज्ञापन धेरै देखिन्छ त्यो नै उत्कृष्ट ब्राण्ड हो ठान्नु गलत हो। त्यसैले, ल्यापटप किन्नु भन्दा अगाडि त्यसमा रहेको वारेन्टी, प्रोसेसर, र्याम, हार्ड डिस्क र आफूले कुन प्रयोजनका लागि किन्न लागेको हो त्यसै अनुसारको ल्यापटप किन्ने गर्नुपर्छ।