स्थानीय निर्वाचन बहिष्कार गरेर आन्दोलन गरिरहेको राष्ट्रिय जनता पार्टी नेपालका नेताले रुपन्देहीमा उम्मेदवारी दर्ता गराएका छन्।
रुपन्देहीको समरीमाई गाउँपालिकामा राजपाका नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन्।
गाउँपालिकाको अध्यक्ष पदमा राजपाका नेता अशोक शुक्ला र उपाध्यक्षमा कमाल उद्दिन शेखले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। गाउँपालिकाका सात वडामा पनि उनीहरुको समूहले स्वतन्त्र उम्मेदवारी दताए गरेको रुपन्देहीका निर्वाचन अधिकृतले जनाएका छन्। शुक्ला र सेख राजपा नेता सर्वेन्द्रनाथ शुक्ला निकट कार्यकर्ता हुन् ।
आज प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुने दोस्रो चरणको निर्वाचन लागि उम्मेदवारी दर्ता भइरहेको छ।