बलात्कारीलाई कारबाहीको माग गर्दै महोत्तरीको बर्दिवास र औरही गाउँपालिकामा प्रर्दशन भएको छ। औरही गाँउपालिका २ फूलबारीयाकी २० बर्षीया युवतीको सामूहिक बलात्कार गर्नेमाथि कारबाहीको माग गर्दै बर्दिवास नगरपालिकामा ब्युटीसियनहरुले र औरहीमा स्थानीयहरुले विरोध प्रदर्शन गरेका हुन्।
बर्दिबासमा सञ्चालित ब्युटीपार्लरका महिलाले राजमार्गमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन भने सधैं घाँस दाउरा र चुलो चोकोमा सीमित रहँदै आएका औरहीका महिलाहरु गाउँकै युवती सामुहिक बालात्कार भएपछि दोषीहरुलाई पक्राउ गरेर फाँसी दिनुपर्ने माग गर्दै बर्सौंदेखिको घुम्टो फालेर नाराबाजी गर्दै सडकमा प्रर्दशन गरेका छन्।
सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड तीन घण्टा अवरुद्ध भयो । प्रचण्ड घामसँगैको उखरमाउलो गर्मीमा गाउँ गाउँबाट प्रदर्शन गर्न आएका महिलाहरु छाता ओढेर प्रदर्शन गरेका थिए । सडकमा सवारी साधन र काठका मुढा तेर्स्याएर सडक अवरुद्ध पारिएको थियो ।
जेठ २८ गते आइतबार चार जना युवाको समूहले औरही बजारमा रहेको पसलबाट घर फर्कर्दै गरेकी युवतीलाई समूहिक बलात्कार गरेका थिए। युवतीलाई बालात्कार गरेको आरोपमा आइतबारै पक्राउ परेका औरही गाउँपालिका २ का २६ वर्षीय सुनिल साहमाथि जबर्जस्तीकरणीको मुद्दा दर्ता गरेर प्रहरीले जिल्ला अदात जलेश्वरबाट ७ दिनको म्याद लिई घटनाको अनुसन्धान सुरु गरेको हो । अन्य चार युवालाई बालात्कार आरोपमा पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
पीडितले जेठ २९ गते दिएको जाहेरीका आधारमा आरोपितविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको हो। घटनामा संलग्न अन्य युवकको खोजी भइराखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दीपक पोखरेलले बताए ।