साता कारोबारको अन्तिम दिन नेप्से ५ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से १५ सय ८९ अंकमा कायम भएको छ।
१ सय ५१ कम्पनीको ६७ करोड ३८ लाखको कारोबार भएको छ। अन्यबाहेकका सबै समूह बढेका छन्। टेलिकम सूचीकृत अन्य समुह २.८ अंकले घट्यो। बैंकिङ ५, होटल १९, विकास बैंक ११, फाइनान्स २, बिमा ११, उत्पादन ८ र जलविद्युत समूह १ अंकले बढेका छन्।
एभरेष्ट बैंक कारोबारका आधारमा सबैभन्दा अगाडि रह्यो। बैंकको बोनसका लागि असार ६ गतेसम्म सेयर किनेको हुनुपर्ने भएपछि खरिदकर्ताको संख्या बढ्दा कारोबार बढ्न गएको हो। सो कम्पनीको ६ करोड २१ लाखको कारोबार भयो भने मूल्य १७ सय २४ कायम भएको छ।
५ करोड १५ लाखको कारोबार भएको स्टाण्डर्डको मूल्य २२ सय ८७ कायम भएको छ। एभरेष्ट इन्स्योरेन्स, जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्स पनि कारोबारमा अगाडि देखिए।
सेन्ट्रल फाइनान्सको मूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ। नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले ८ प्रतिशतले मूल्य कमाए। ग्रीन डेभलपमेन्टको मूल्य ६ दशमलव २५ प्रतिशतले घटेको छ।