हिमालयन पावर पार्टनरले आजदेखि आइपिओ बिक्री खुला गरेको छ। सर्वसाधारणका लागि कम्पनीले कुल २१ लाख ३० हजार ८३४ कित्ता बिक्री खुला गराएको हो।
कम्पनीको सेयरमा कम्तीमा ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न सकिन्छ। आगामी असार ५ गतेसम्म बिक्री खुला रहने बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार खाता रहेको बैंकमार्फत आस्बा प्रणालीमार्फत र पुरानै तरिकाबाट पनि आवेदन गर्न सकिन्छ। पुरानै तरिकाबाट आवेदन दिनेले ग्लोबल आइएमई क्यापिट जमल, काठमाडौं क्यापिटल, प्रभु क्यापिटल कमलादी, सिबिआइएल क्यापिटल डिल्लीबजार, रिलायबल क्यापिटल सुन्धारा, एनआइसी एसिया क्यापिटल बबरमहल, एस क्यापिटल दरवारमार्ग, सिभिल क्यापिटल सुन्धारा, भिबोर क्यापिटल पुल्चोकबाट दिन सकिन्छ।
हिमालयन पावर पार्टनर गैर आवासीय नेपालीहरुको लगानीमा संचालित कम्पनी हो। कम्पनीले लमजुङको दोर्दीखोलाबाट २७ मेगावाटको आयोजना निर्माण थालेको छ।