एभरेष्ट बैंकको हकप्रद सेयर बिक्री असार १८ देखि हुने भएको छ। बैंकले ३ बराबर १ को अनुपातमा बिक्री गर्न लागेको हकप्रदमा लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। असार ६ गतेसम्म दोस्रो बजारबाट सेयर किनेकाहरुले यसमा हकदावी गर्न सक्नेछन्।
बैंकले १ करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद बिक्री गर्न लागेको हो। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड रुपैयाँ छ। हकप्रद बिक्रीपछि चुक्ता पुँजी ६ अर्ब नाघ्नेछ।
हकप्रद सेयर बिक्री प्रवन्धकका रुपमा एनआइबिएल क्यापिटल रहेको छ। क्यापिटलको कार्यालय तथा एभरेष्ट बैंकका सबै कार्यालयहरुबाट हकप्रद भर्न सकिने छ।