ग्वाटेमाला र मेक्सिकोको सीमानामा बुधबार ७ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति साढे १ बजे भूकम्प आएपछि धेरै मान्छेको भागाभाग भएको छ।
ग्वाटेमालाको सान पाब्लो सहरदेखि साढे तीन किलोमिटर पर र मेक्सिकोको काकाहोवातानदेखि २० किलोमिटर टाढा सीमामा भूकम्पको केन्द्रविन्दु भएको अमेरिकी भौगर्भिक संस्था युएसजिएसले जनाएको छ।
ग्वाटेमालाका राष्ट्रपति जिमी मोरालेसले परकम्प आउन सक्ने भन्दै सुरक्षित बस्न आग्रह गरेका छन्।
भूकम्पमा परी भएको मानवीय क्षतिको विवरण आइसकेको छैन। भूकम्पपछि सुनामीको सम्भावना नरहेको जनाइएको छ।