चितवनको माडीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।
विहान पौने ६ बजेतिर माडी-१ गर्दीमा बागमती प्रदेश ०३-००१ ख २८८७ नम्बरको बसले ६०/६२ वर्षीय फिरल महतोलाई ठक्कर दिएको थियो।
दुर्घटनामा माडी-१ सेरुवा बस्ने महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
बस अनियन्त्रित भई सडकबाट खेतमा खसेको उनले बताए।
बससमा सवार २ जना पनि सामान्य घाइते भएका छन्।
उनीहरुको बघौडा अस्पताल माडीमा उपचार भइरहेको छ। बस चालक फरार रहेको प्रहरीले जानकारी दियो।