विश्व शान्तिको कामना गर्दै लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीले पिस पोस्टर (शान्ति चित्र) प्रतियोगिता गरेको छ।
काठमाडौंको टोखास्थित विन्ध्याबासिनी आवासीय माध्यमिक विद्यालयमा शुक्रबार सूर्यमुखीले पिस पोस्टर प्रतियोगिता गरेको हो।
प्रतियोगितामा ११ देखी १३ वर्ष उमेर समूहका चित्रकलामा विशेष रुची र दक्षता राख्ने ४५ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको क्लब अध्यक्ष लायन विक्रम विश्वकर्माले जानकारी दिए।
बाल चित्रकलाको माध्यमबाट विद्यालय, परिवार, समाज हुदै विश्वमा शान्तिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा जेनिशा तामाङ प्रथम, राहुल तामाङ द्वितीय र तृसना पुरी तृतीय भए। उनीहरूलाई मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रक्ट ३२५ आई नेपालको गभर्नर लायन पार्वती खरेल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पिस पोस्टर प्रतियोगितामा डिस्ट्रक्ट चिफ काउन्सिलर लायन महेश पाण्डे र डिस्ट्रक्ट चिफ एड्मिनिस्ट्रेटर लायन जनार्दन फुयालको विशेष आतिथ्यता तथा डिस्ट्रक्ट पिस पोस्टर चिफ लायन तेजनारायण श्रेस्ठ, डिस्ट्रक्ट डिपार्टमेन्ट चिफ लायन टंक चापागाई, रिजन १५ का रिजन चियर पर्सन लायन सरोज राज उपाध्याय र विद्यालयका प्रधानाध्यापक लायन बेख नारायण श्रेस्ठ लगायतको आतिथ्यता रहेको थियो।
सामजिक उत्तरदायित्वको उदेश्य सहित स्थापना भएको लायन्स क्लब अफ काठमाडौंले सूर्यमुखीले निःशुल्क विशेशज्ञ स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग कार्यक्रम, सार्वजनिक स्थलहरुको सरसफाई, वृक्षारोपण कार्यक्रम जस्ता सामाजिक सेवाको कार्यहरु गर्दै आईरहेको छ।