आसन्न म्यानपावर व्यवसायीको चुनावमा रोहन गुरुङ नेतृत्वको संयूक्त व्यवसायिक समूह मिलेर अघि बढ्ने भएको छ। वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित, सुरक्षित र मर्यदित बनाउन विभिन्न ६ वटा व्यवसायी संगठनहरु मिलेर अघि बढ्ने निर्णय भएको गुरुङले जानकारी दिए।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार व्यवसायी तमुधी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाजबीच निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ।
‘यी सबै घटकको उमेद्वारी रहनेगरी संयूक्त रुपमा हामी अगाडि बढ्छौँ’ गुरुङले भने ‘यसले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन पनि टेवा पुग्दछ।’