भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङटनमा यसै महिना समसामयिक विषयमा भेट्वार्ता हुने भारतको विदेश मन्त्रालयले जनाएको छ।
विश्वका दुई ठूला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लागेका भारतको विदेश मन्त्रालयले सोमबार जनाएको हो। मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटवार्ता गर्न लागका जनाइएको छ।
प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी बासिङटन जानेछन्।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिएको बेला गत जनवरीमा मोदीलाई भ्रमणका लागि वासिङ्टन भ्रमणका लागि निमन्त्रणा गरेका थिए। रासस/एएफपी