दुबईमा रहेका नेपालीले युएई एक्स्चेन्जमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन्। युएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठूलो एक्सचेन्ज कम्पनी हो। उक्त एक्सचेन्ज कम्पनी मार्फत नेपालमा रहेका ग्लोबल रेमिटका अलवा आइएमई रेमिट्यान्स, बेस्ट र एस रेमिट्मार्फत भुक्तानी लिन सक्नेछन्।
ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरिया लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसँगको सहकार्यमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।