सुनको मूल्य ५५ हजार रुपैयाँबाट ओर्लिएको छ। शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएकोमा आइतबार २ सय रुपैयाँले घटेर ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि यस दिन घटेको छ। अघिल्लो दिन ७७० रुपैयाँमा प्रतितोलामा कारोबार भएकोमा यस दिन ७ सय ६५ मा झरेको छ।