बिमानस्थलमा आतंकवादी हमला बढ्दै गएपछि सम्भावित हमलासँग भिड्न स्वीजरल्याण्डको ब्यस्त जेनेभा एयरपोर्टका कर्मचारीहरुलाई आतंकिसँग प्रतिरोध गर्ने तालिम दिइएको छ।
बिमानबाट झोला झार्नेदेखि लिएर हतियारले आक्रमण हुँदा कसरी यात्रुको र आफ्नो बचाउ गर्ने, कसरी सम्बन्धित सुरक्षा निकायमा खबर पुर्याउने जस्ता विषयमा तालिम दिइएको हो।
गृह, सुरक्षा र आतंकि प्रतिरोधको विशेष निकायले तालिम दिएको थियो। महिना दिनसम्म चलेको तालिममा झोला विमानबाट झिक्नेदेखि लिएर ग्राहकको टिकेट पक्का गर्ने अनि आतंकिको प्रतिरोध कसरी गर्नेसम्म सिकाइएको थियो।
यूरोपमा विमानस्थलका कर्मचारीलाई यसरी तालिम दिइएको पहिलो पटक हो।