पूर्वयुवराज्ञी हिमानी शाह धार्मिक मठमन्दिरको पूजाअर्चनार्थ पोखरा आईपुगेकी छन्। उनका छोरा हृदयन्द्र बिक्रम शाहको ब्रतबन्ध पछिको कुल देवताको पूजाअर्चना कार्यक्रम अन्तर्गत कुल देवताको दर्शन गरी गोरखबाट शुरू भएको धार्मिक मठमन्दिरको दर्शनका लागि पोखरा आएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
निजी सवारीका साथ पोखरा आएकी पूर्वयुवराज्ञी हिमानी शाहलाई पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्वागत गरेको थियो।
शुक्रबार स्याङ्जाको आलमदेवी मन्दिरको दर्शनार्थ जाने र साँझ पोखरानै फर्कने कार्यक्रम रहेको छ भने २७ गते पोखराको तालबाराही मन्दिरको दर्शनार्थ जाने कार्यक्रम रहेको छ। बिहीबार तनहुँको ब्यास ऋषिपञ्चमी मन्दिरमा पूजाआजा तथा अवलोकन गरेर पोखरा आएको प्रहरीले जानकारी दिएको छ । तस्विरः सञ्जय शाक्य