६४ औ सिड्नी फिल्म फेस्टीभल प्रारम्भ हुँंदै गर्दा पहिलो पटक नेपाली चलचित्र र एक जना युवा निर्देशकले अलग अलग भूमिकामा प्रवेश पाएका छन । फरक बिधामा अलग पहिचान बनाउन सफल भएका युवा निर्देशक हुन् दिपक रौनियार र सीड्नी चलचित्र महोत्सवमा प्रवेश पाएको चलचित्र हो सेतो सूर्य।
एशिया प्यासेफीक क्षेत्रको महत्वपूर्ण महोत्सवका रुपमा चिनिने सिड्नी चलचित्र महोत्सवमा यस पटक ५९ देशका २ सय ८८ चलचित्रले प्रर्दशनको मौका पाएका हुन्। ६० हजार डलर पुरस्कार रहेको यस महोत्सवमा प्रतिस्पर्धामा भने १२ चलचित्र मात्र रहेका छन्। यस महोत्सवमा संसारमा गनिएका चलचित्र निर्देशकहरुको सहभागिता रहेको छ। यस पटक दिपक रौनियारको चलचित्र सेतो सूर्य महोत्सवमा दुई दिन प्रर्दशनका लागि राखीएको छ।
यस पटक सिड्नी चलचित्र महोत्सवमा सेतो सूर्यको प्रवेश मात्र होइन दिपक रौनियारको भूमिकाले पनि बिशेष महत्व पाएको छ। उनी यतिखेर चलचित्रको मुख्य प्रतिस्पर्धाको छ जना मध्ये एक निर्णायक मण्डलीका सदस्य पनि हुन्। यत्रो महोत्सवमा एक जना नेपाली युवा निर्देशकले जुरीको भुमिका निर्वाह गर्न पाउनु आफैमा महत्वपूर्ण उपलब्धी रहेको अस्ट्रेलिया निवासी चलचित्र निमार्ता दिनेश पोखरेलले बताए।
बिहिबार सिड्नीको टाउनहल क्षेत्रमा भेटिएका युवा निर्देशक दिपक रौनियारले हसिलो मुद्रामा भने, खुसी छु , सुखी छु नेपाली भएकोमा गर्व गर्न चाहन्छु । पुराना संचारकर्मी समेत रहेका रौनियारले भने, चलचित्रमा फरक धारमा केहि गरौ भन्ने सोच थियो , लागिपरेको छु ।
चलचित्रलाई समाज परिवर्तनको संवाहक मान्ने रौनियार नेपालमा राज्इले चलचित्रलाई मनोरन्जन भन्दा माथि सोच्न नसकेकोमा दुखेसो गर्छन । उनको गजबको उदारहण छ ,समाजमा देखिएका कयैन स्वरुप भारतिय चलचित्र र टेलिश्रृखंलाको नक्कलका रुपमा भित्रिरहँंदा हामी अरुलाई दोष दिइरहेका छौ । छठ मान्ने , बिवाह र पाटीृमा नाचगान गर्ने ,लुगाफाटोको पहिरन हामीले भारतिय फील्मवाट नक्कल गरिरहेका छौ । तर हामी भने हाम्रो चलचित्रलाई महत्व दिन भने हिचकिचाउछौ , दिपकले भने ।
पन्चायतको शासनकालमा महेन्द्र राजाले चलचित्र बनाएर सत्तालाई बलियो बनाउने काम गरेको उदाहरढा दिदै दिपकले भने कमसे कम हामीले निजी क्षेत्रवाट चलचीत्र बनाएर बिदेशमा देखाउने काम त गरेका छौ । नेपाली चलचित्र बिदेशमा पनि चल्न सक्छन भन्ने प्रमाणका रुपमा नेपालका केहि अलगधारका निर्देशकहरुले काम गरिरहेको उनले बताए। उनको चलचित्र सेतो सुर्यले सिंगापुरको चलचित्र महोत्सवमा पचास हजार सिंगापुर डलरको पुरस्कार प्राप्त गरेको थियो ।