इस्लामिक आतंककारी संगठन आइएसले इरानमा बुधबार गरेको आक्रमणमा परी १२ जनाको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।
राजधानी तेहरानस्थित इरानको संसद भवन र पूर्व सर्वोच्च नेता आयतोला खोमेनीको चिहान भएको स्थानमा एकैपटक आक्रमण भएको थियो।
संसद भवन सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानी मारेका छन् र उक्त क्षेत्रलाई पूर्ण रुपले आफ्नो नियन्त्रणमा लिएका छन्।
केही घण्टाअघि त्यहाँ आतंककारीले सर्वसाधारणलाई नियन्त्रणमा लिएको समाचार आएको थियो।
त्यस्तै खोमेनीको चिहान नजिक एक आत्मघाती विष्फोट गराउने अर्को आतंककारीको पनि सुरक्षा फौजको गोलीबाट निधन भएको छ।
इरानी अधिकारीका अनुसार आइसको तेश्रो आक्रमण विफल बनाएका छन्।
घटनामा जम्मा जम्मा ४ जना आतंककारीको मृत्यु भएको छ।
आइएसले उक्त आक्रमणको जिम्मेवारी लिएको छ । इरान भित्र आइसले पहिलो पटक त्यस्तो आक्रमण गर्न सफल भएको हो। उसले आफ्नो वेवसाइटमा उक्त क्षेत्रमा आक्रमणका समयमा लिएको भिडियो पनि राखेको छ।
बन्दुकधारीले आक्रमणका लागि एके-४७ हतियार प्रयोग गरेका थिए। संचार माध्यमका अनुसार अक्रमंकारीहरु महिलाको भेष लगाएर संसद भवन प्रवेश गरेका थिए।
सञ्चार माध्यमका अनुसार ४ मध्ये १ जना आक्रमणकारी महिला थिइन्।
इरान भित्र आक्रमण गराउन यो वर्ष आइसले निकै धेरै प्रोपगाण्डा गरेको थियो। केही महिनाअघि देखाइएको एक भिडियोमा आइसले इरानका सर्वोच्च नेता आएतुला अलि खामेनी र धार्मिक राज्यको निन्दा गरेको थिए।
सुन्नी धार्मिक सम्प्रदाय मान्ने आइसले सिया राष्ट्र इरानलाई शत्रु मान्छ।