अष्ट्रेलियाको गोल्डकोस्टमा भएको ‘गोल्डकोस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता नेपाली खेलाडी अशोक खड्कालाई सिड्नीमा एनआरएनले भब्य स्वागत तथा सम्मान गरेको छ।
यही मे ६ र ७ मा भएको प्रतियोगितामा ११ देशका १२ जना खेलाडीलाई पछि पार्दै खड्काले स्वर्णपदक हात पारेका हुन्।
खड्काले फाइनलमा अष्ट्रेलियाका खेलाडीलाई पराजित गरेर स्वर्णपदक जितेका हुन्। खड्का सेमिफाइनलमा न्यूजिल्याण्डका खेलाडीलाई पराजित गरेका थिए।
पहिलो पटक अष्ट्रेलियामा आएको नेपाली तेक्वान्दो खेलाडी खड्कालाई एनआरएन आईसीसीका युवा संयोजक विजय पोखरेल, ओसियन संयोजक महेन्द्र लम्साल, अनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल र आईसीसी स्पोर्टस संयोजक राजु मानन्धरले बधाईसहित सम्मान गरेका थिए।
कार्यक्रममा तेक्वान्दो खेलाडी अशोक खड्कालाई एनआरएनका पदाधीकारीहरुले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए।
अशोकले अस्ट्रेलियामा आएर तेक्वान्दोमा स्वर्ण पदक जिती नेपालीको पहिचान उजिल्याउन सफल भएको भन्दै सहयोगको घोषणा गरेका हुन्। आईसीसीका युवा संयोजक विजय पोखरेल, ओसेनीया संयोजक महेन्द्र लम्साल, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष दिनेश पोखरेल, महासचिव टोनु गोथाने, क्वीन्सल्यान्डका पर्यटनदूत स्वतन्त्रप्रताप साह, एनआरएन सदस्य उषा बारिया पोखरेल, नयाँका अध्यक्ष कोमल पाठक र राकेश जोशी र चितवन समाज अस्ट्रेलियाले सहयोग गरेका हुन्।
पहिलो पटक अष्ट्रेलियामा आएको नेपाली तेक्वान्दो खेलाडी खड्काले भने-‘नेपालको प्रतिनिधित्व गरेर यहाँ आउने कुनै पनि खेलाडीले स्वर्णपदक जितेको छैनन्। तर, त्यो अवसर मलाई मिलेको छ, यो अवसरमा म मे मेरो देशको खेलकुदप्रति समर्पीत गर्न चाहन्छु।’
खड्काको तेक्वान्दो एकेड्मीका लागि सीडनीको कलाकार समूह नेपिन्डोको तर्फबाट उषा बारिया पोखरेलले सहयोग गर्ने बचनबद्धता प्रकट गरेका छन्।