सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन विषयमा सहमति भएको छ।
सहमतिअनुसार दोस्रो चरणको निर्वाचनमा जेठ ३१ गते हुने राजेन्द्र महतोले जानकारी दिए। उनका अनुसार पहिलो चरणमा वैशाख ३१ गते प्रदेश ३, ४ र ६ मा मात्र निर्वाचन हुनेछ। यसबाहेक प्रदेश नम्बर १, २, ५ र ७ गरी चारवटामा जेठ ३१ गते निर्वाचन हुनेछ।
यसअनुसार झापादेखि कञ्चनपुरसम्मका तराईमध्ये चितवन र नवलपरासीको चार नम्बर क्षेत्रमा परेको भागबाहेक समथर भूभागमा वैशाख ३१ गते चुनाव हुँदैन। सँगसँगै पूर्वी पहाड र सुदूरपश्चिमी पहाडमा पनि दोस्रो चरणमै चुनाव हुने भएको छ।