राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन्।
आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन्।
अध्यक्षमा कमल थापा र लिङ्देनको उम्मेदवारी परेको छ। थापा र लिङ्देन पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।
उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्नेमा जोड दिए। ‘नयाँ नेतृत्व पार्टीमा आवश्यक छ,’ उनले भने।
निर्वाचन कार्यतालिकाअुनसार शनिबार मतदान हुनेछ।
राप्रपामा चार हजार तीन सयभन्दा बढी महाधिवेशन प्रतिनिधि छन्।