प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताएका छन्।
आज काठमाडौंमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दाका विषयमा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि जानुपर्ने बताए।
‘राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नै छैन’, प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री देउवाले महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि दिएका छन्।